काठमाडौं – नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउनुभएको छ।
बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सचेतक बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषिउपर कडा कारबाही गर्नुपर्ने बताउनुभएको हो।
उहाँले सो प्रकरणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धमिलो बनाएको बताउनुभयो। उहाँले आरोपी एमाले सचिव टोपबहादुर रायमाझीलाई प्रहरीको सम्पर्कमा आएर अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गर्नुभयो। उहाँले निष्पक्ष छानबिन गर्नुपर्ने र सत्ताको आडमा कसैले उन्मुक्ति पाउनु नहुने बताउनु भयो।




प्रतिक्रिया