सुनसरी – धरानका नगर प्रमुख हर्क साम्पाङले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको भन्दै सुनसरीका पत्रकार आन्दोलनमा उत्रिएका छन्।
जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको नेपाल पत्रकार महासंघ सुनसरीले पत्रकारहरूलाई पटकपटक गालीगलौज गरेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। सोमबार पत्रकारहरूले धरानमा मौन जुलुस निकालेको हो ।
चार दिनअघि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको सुनसरी महासंघले प्रेस स्वतन्त्रतालाई सम्मान गर, तिमी शासक कि जनप्रतिनिधि ? स्वतन्त्रपूर्वक बोल्न र लेख्न देऊ भनेर अभियान चलाइएको थियो । सोमबार भने प्ले कार्ड छातीमा भिरेर पत्रकारहरूको भानु चोकबाट मौन जुलुस निकालेका थिए।
मौन जुलुसमा सहभागी पत्रकारहरूले पत्रकार तथा सञ्चार संस्थाप्रति मेयर साम्पाङको अभिव्यक्तिको विरोध स्वरूप नगरपालिकाको गेटमा मुख थुनेर विरोध गरेका छ्न्।
विरोध प्रदर्शनमा धरानका बुद्धिजीवि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिलगायतको ऐक्यबद्धताका साथै सहभागिता रहेको थियो । पछिल्लो समय मेयर हर्कले प्रेसबिरुद्ध आपत्तिजनक अभिब्यक्ति दिनुभएको छ। सोही बिरोधमा पत्रकार सडकमै उत्रिएका हुन् ।






प्रतिक्रिया