काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। मङ्गलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो ।
भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको बताइएको छ । भेटमा प्रधानमन्त्रीले संसदीय समितिहरूको बैठक सुरु भएपछि संसद्ले लय समातेको भन्दै संसदमा विचाराधीन विधेयकहरू टुङ्गो लगाउन अब सहज हुने अपेक्षा लिएको बताएका छन्।
त्यस क्रममा प्रधानमन्त्रीले सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको प्रयासलाई सराहनीय भएको र आगामी दिनमा समेत यही अपेक्षा राखेको बताएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।
भेटमा प्रधानमन्त्रीले सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी समेत गराएका छन्। त्यस क्रममा सभामुख घिमिरेले सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै संसद् सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको अवगत गराएका छन् ।
‘सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको माननीयहरूको गुनासो छ, प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको छु’, सभामुख घिमिरेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ।




प्रतिक्रिया