काठमाडौं-नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनामा उपसभापति समावेशीतर्फ विनोद चौधरीले अग्रता लिएका छन्। आइतबार साँझ ७ बजेसम्म ४ हजार ६ सय मत गणना हुँदा चौधरीले १ हजार १४५ मत प्राप्त गरेका छन्।
उक्त पदमा जीवन परियारले १ हजार १०७ मत प्राप्त गर्दै चौधरीलाई पछ्याइरहेका छन्। त्यस्तै, सीता गुरुङले ७४९, फरमुल्लाह मंसुरले ६३७ र रञ्जित कर्णले ३५२ मत पाएका छन्।
उपसभापति खुलातर्फ चन्द्रकान्त भण्डारीले अग्रता कायम राखेका छन्। उनले २ हजार ३४३ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका मधु आचार्यले १ हजार ४४१ मत पाएका छन्। यस समूहबाट दुई जना उपसभापति निर्वाचित हुनेछन्।
उपसभापतिका अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार २१९, सुरेन्द्रराज पाण्डेले १ हजार १५०, धनराज गुरुङले १ हजार ५३, दीपक गिरीले ६३८ र चन्द्रमोहन यादवले ३८७ मत प्राप्त गरेका छन्।
महामन्त्री खुलातर्फ प्रदीप पौडेलले २ हजार ६५७ मत प्राप्त गर्दै अग्रता लिएका छन्। दोस्रो स्थानका लागि उदयशम्शेर राणा र सुनिलकुमार शर्माबीच प्रतिस्पर्धा देखिएको छ। राणाले १ हजार ४९१ र शर्माले १ हजार ३८७ मत पाएका छन्।
महामन्त्रीका अन्य उम्मेदवारमध्ये अमरसिंह पुन मगरले ९२९, गुरुराज घिमिरेले ९२०, नैनसिंह महरले ६६८, शंकर तिवारीले ८८ र सन्तोष उपाध्यायले ७२ मत प्राप्त गरेका छन्।
महामन्त्री महिलातर्फ डिला संग्रौला (पन्त) ले २ हजार ३७ मत प्राप्त गरेकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ८३८ र रीता खनालले ४६६ मत पाएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशनमा कुल ७ हजार २९ मत खसेका छन्। मतगणना जारी रहेकाले विभिन्न पदमा उम्मेदवारहरूको मतपरिणाम थप स्पष्ट हुँदै जानेछ।

कसलाई कति मत ?
४६०० मत गणनाअनुसार मत परिणाम ।
( उपसभापति खुल्ला तर्फ=
डा. चन्द्रकान्त भण्डारी २३४३
ई. मधु आचार्य १४४१
गोविन्द भट्टराई १२१९
सुरेन्द्रराज पाण्डे ११५०
दीपक गिरी ६३८
धनराज गुरुङ १०५३
प्रा.डा. चन्द्र मोहन यादव ३८७
( समावेशी १ पद=
बिनोद कुमार चौधरी ११४५
जीवन परियार ११०७
फरमुल्लाह मंसुर ६३७
सीता गुरुङ ७४९
रंजीत कर्ण ३५२
( महामन्त्री खुला तर्फ=
प्रदिप पौडेल २६५७
अमरसिंह पुन मगर ९२९
उदय शम्शेर राणा १४९१
डा. सुनिलकुमार शर्मा १३८७
गुरुराज घिमिरे ९२०
नैन सिंह महर ६६८
शंकर तिवारी ८८
(महिला १ पद=
डा. डिला संग्रौला (पन्त) २०३७
महालक्ष्मी उपाध्याय (डिना) १८३८
रीता खनाल ४६६




प्रतिक्रिया