अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद् र सरकार अरूले चलाउँदो रहेछ : मन्त्री किराँती

संसद् र सरकार अरूले चलाउँदो रहेछ : मन्त्री किराँती


काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले संसद् र सरकार अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताउनु भएको छ।

आज संघीय संसद् अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै किराँतीले आफूले मन्त्रीको रूपमा सो अनुभूति गरेको बताउनु भएको हो। 

मन्त्री किराँतीले मन्त्री अरुले नै चलाउने भएकाले आफूलाई भने ‘शोकेसको मान्छे’ जस्तो भएर बस्नुपरेको गुनासो गर्नुभयो । पर्यटन क्षेत्रमा धैर ऐन बदल्नुपर्ने आवश्यक्ता भएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न संघीय संसद र सांसदहरूलाई उहाँले आग्रहसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यहाँ अरुले नै संसद चलाउँदो रहेछ। हामी त डमीमात्रै रहेछौं। अरुले नै चलाउँदो रहेछ मन्त्री त। हामी त शोकेशको मान्छे मात्रै रहेछौं । मलाई लागेको कुरा यो हो । हामीले पर्यटनको क्षेत्रमा हामीले धेरै ऐन बदल्नु छ। र, यो सेक्युरिटीको क्षेत्रमा हामीले यो ऐनलाई छिटो पास गर्नुछ । संसदमा हाम्रो सक्रिय भूमिका भइदिनु पर्‍यो । चासो गरिदिनु पर्‍यो । तपाईँहरूले बोलिदिनु पर्‍यो । अनिमात्रै एउटा मन्त्रीको बल आउँदो रहेछ । ’