काठमाडौँ-हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति भने कोशी प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।




प्रतिक्रिया