अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चलचित्र क्षेत्रलाई राजनीतिबाट मुक्त राख्नुपर्छः गणेश तिमिल्सिना

चलचित्र क्षेत्रलाई राजनीतिबाट मुक्त राख्नुपर्छः गणेश तिमिल्सिना


काठमाडौं-राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चलचित्र क्षेत्रमा राजनीति प्रवेश गराउनु नहुने बताउनुभएको छ।

आज काठमाडौंमा भएको एका कार्यक्रमलाई सम्बोधन गर्दै उहाँलै यस्तो बताउनुभएको हो। उहाँले देशमा हरेक क्षेत्रमा राजनीति हाबी भएको उल्लेख गर्दै चलचित्र क्षेत्रले राजनीतिलाई नबोकी अघि बढ्नुपर्ने बताउनु भयो।

अध्यक्ष तिमिल्सिनाले कलाकारहरु राजनीतिक दलका संगठनहरुमा लागेर नियुक्तिका लागि पार्टीमा लाग्न छोड्नुपर्ने बताउनु भयो। उहाँले नेपालको चलचित्र क्षेत्रलाई विज्ञान र प्रविधिको विकाससँगै अघि बढाउन जरुरी रहेको बताउनु भयो।

अध्यक्ष तिमिल्सिनाले चलचित्र क्षेत्र सबैको माया पाउने क्षेत्रका रुपमा विकास हुन आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले नेपाली चलचित्रले आफ्नो बहुआयामिक पहिचानलाई बचाइरहन आवश्यक रहेको बताउनु भयो।

Skip This