अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीनै तहका निर्वाचनमा ४० प्रतिशत महिलालाई प्रत्यक्ष उम्मेद्वार बनाऔं : साँसद दिपा शर्मा

तीनै तहका निर्वाचनमा ४० प्रतिशत महिलालाई प्रत्यक्ष उम्मेद्वार बनाऔं : साँसद दिपा शर्मा


काठमाडौ -नेकपा एमालेका साँसद दिपा शर्माले तीनै तहका निर्वाचनमा ४० प्रतिशत महिला उम्मेद्वार निश्चित गर्न माग गर्नुभएको छ ।
प्रतिनिधीसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रमका बारेमा आफ्नो धारणा राख्दै शर्माले ५१ प्रतिशत महिलाको मागलाई सम्बोधन गर्ने गरीको ४० प्रतिशत प्रत्यक्ष उम्मेद्वार हुने व्यवस्था सरकारले गरोस भन्ने आफ्नो माग रहेको शर्माले बताउनुभयो ।
शर्माले नीति तथा कार्यक्रमले आम जनतामा आशा र भरोसा जगाउनु पर्नेमा उल्टै निराश,गन्तव्यबिहिन अष्पष्ट र अन्यौलपूर्ण रहेको बताउनुभएको छ । सरकारको सिद्धान्त र प्राथमिकतमा आर्थिक संकट रहेको राजश्व उठाउन नसकिएको र विकास खर्चको कार्यन्वयन नभएको शर्माले उल्लेख गर्नुभएको छ । ‘नीति कार्यक्रम आउनु भन्दा केही दिन अघिसम्म सरकार अर्थतन्त्र डामाडोल भएको छ भन्ने गथ्र्यो तर १४÷१५ दिनमै के त्यस्तो चमत्कार भयो र नीति कार्यक्रमा अर्थतन्त्र ठिकठाक ढंगले अगाडी बढेको छ ’ शर्माले भन्नुभयो ‘अर्थतन्त्र सही बाटोमा आइसक्यो भन्नु हास्यस्पद र जनता झुक्याउने सरकारी खेल मात्र हो ।’