अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जर्मनी मन्दीको चपेटामा, महँगीको बढ्यो 

जर्मनी मन्दीको चपेटामा, महँगीको बढ्यो 


काठमाडौँ-जर्मनी आर्थिक मन्दीको चपेटामा छ । यस वर्षको सुरुवाती महिनामा, युरोपको सबैभन्दा ठुलो अर्थतन्त्रमा मन्दी सुरु भएको थियो । वास्तवमा, देशमा उच्च मुद्रास्फीति दरका कारण, उपभोक्ता खर्च घटेको छ ।

जर्मनीमा पहिलो त्रैमासिकमा जिडिपीमा ०.३ प्रतिशतले गिरावट आएको छ । गत वर्षको अन्तिम त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादनमा शून्य दशमलव ५ प्रतिशतले गिरावट आएको थियो ।

लगातार दुई त्रैमासिकमा जिडिपीमा नकारात्मक वृद्धिपछि अर्थव्यवस्थामा औपचारिक रूपमा मन्दी आउने गर्छ । 

समाचार एजेन्सी रोयटर्सका अनुसार जर्मनीका अर्थमन्त्री क्रिस्चियन लिन्डनरले भने, ‘जर्मनीको जिडिपी डाटाले आश्चर्यजनक रूपमा नकारात्मक सङ्केत देखाउँदै छ ।’

उनले अन्य विकसित देशको अर्थतन्त्रको तुलनामा जर्मनीले आफ्नो विकास क्षमता गुमाउँदै गएको बताए ।

जर्मनीका आर्थिक मामिला मन्त्री रोबर्ट ह्युबाचले भने, ‘ऊर्जा आपूर्तिमा देशको रुसमाथिको निर्भरता रहनु, हाम्रो लागि हानिकारक साबित भएको छ । यसले देशलाई मन्दीतर्फ धकेलेको छ तर वृद्धिको सम्भावना पहिलाभन्दा धमिलो देखिएको थियो ।’

जर्मनीमा घरायसी उपभोग त्रैमासिक दर त्रैमासिक १.२ प्रतिशतले घटेको छ । सरकारले पनि पछिल्लो त्रैमासिकको तुलनामा सार्वजनिक खर्च ४.९ प्रतिशत कम गरेको छ ।-एजेन्सी