अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरी  जेलबाट छुटे 

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरी  जेलबाट छुटे 


काठमाडौँ-टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी छुटेका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज कारागारबाट रिहा भएका हुन् ।

मन्त्रिपरिषद्ले हिजो नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद  चौधरीको  करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । 

चौधरीको स्वागतका लागि  नउपाका नेता कार्यकर्ता र शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए । चौधरीलाई फूलमालाले भव्य स्वागत गरिएको छ । 

२०७२ भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । चौधरीको कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले जेठ २ मा सदर गरेको थियो । 

यसपटक चौधरीसहित १९ जनाले गणतन्त्र दिवसको उपलक्ष्यमा माफी पाएका छन् ।