अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन


काठमाडौं-नेपाल सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि रु.एक खर्ब ९७ अर्ब बजेट विनियोजन गरेको छ

अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ रु एक खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको बताउनुभयो।

चालु आवमा शिक्षातर्फ सङ्घमा रु.७० अर्ब पाँच करोड बजेट विनियोजन गरिएको थियो । त्यस्तै प्रदेशमा रु.पाँच अर्ब ३२ करोड र स्थानीय तहमा रु एक खर्ब २१ अर्ब एक करोड बजेट हस्तान्तरण गरिएको थियो।

बजेटमा सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको उल्लेख छ।