अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरेद्वारा संघीय संसद् भवनको अवलोकन

सभामुख घिमिरेद्वारा संघीय संसद् भवनको अवलोकन


काठमाडौं-सभामुख देवराज घिमिरेले निर्वाचित भएपछि पहिलो पटक संघीय संसद् भवनको अवलोकन/निरीक्षण गर्नु भएको छ।

सिंहदरबारस्थित पुतली बगैंचा वरपरको १५१ रोपनी जग्गामा ८ वटा मुख्य भवनसहित १२ वटाको निरीक्षण गर्नुभएको हो।

निर्माणाधीन अत्याधुनिक भवनको ६३ प्रतिशत काम सकिएको जानकारी निर्माण पक्षले दिएको बताए।

सभामुखसँगै सहरी विकासमन्त्री सीता गुरुङ पनि अवलोकन निरीक्षणमा पुग्नुभएको थियो। यस्तै उपसभामुख इन्दिरा रानामगर पनि निरीक्षण टोलीसँगै जानु भएको थियो ।