काठमाडौं-प्रधानन्यायाधीश हरिकृष्ण कार्की शपथ लिनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशको शपथ गराउनु भएको हो।
शपथ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुनुहुन्थ्यो। कार्कीलाई आजै बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
यसअघि नै संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो ।






प्रतिक्रिया