अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिको मुटुमा पुनः समस्या, अस्पताल भर्ना

राष्ट्रपतिको मुटुमा पुनः समस्या, अस्पताल भर्ना


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना हुनु भएको छ । मध्यरातमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा  पुयाइएका राष्ट्रपति पौडेललाई बिहान नै  मनमोहन कार्डियो भास्कुलर लगिएको स्रोतले बताएको छ।

पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिबि शिक्षण अस्पताल  पुर्‍याइएकाे थियाे।

स्राेतका अनुसार  टिचिङबाट आज बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा लगिएकाे छ। अहिले उहाँकाे सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ।

केही दिन अघि पनि मुटुमा समस्या आएपछि  अस्पताल भर्ना हुनु भएको थियो । उहाँ अघिल्लाे महिना मात्रै भारतकाे नयाँदिल्लीमा  उपचार गरी फर्केका थिए ।

Skip This