अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले ल्याएको बजेट जनताको हितमा छैन: पृथ्वीसुब्बा गुरुङ

सरकारले ल्याएको बजेट जनताको हितमा छैन: पृथ्वीसुब्बा गुरुङ


लमजुङ-नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालको राजनीतिक नेतृत्वले खेलकुदलाई राष्ट्रको गौरवको विषय हो भन्ने बुझ्न नसकेको बताउनुभएको छ।

लमजुङमा आज आयोजित मिनी म्याराथन प्रतियोगिताको उदघाटन गर्दै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीमेत रहनुभएका एमाले उपमहासचिव गुरुङले नेपालमा हालसम्म खेलकुद बुझेका खेलकुद मन्त्री नबनेको बताउनुभयो।

खेलकुदले सामूहिक भावना विकास गर्ने कुरालाई बिर्सन नहुने गुरुङले बताउनुभयो। खेलकुदले समाजमा अनुशासन स्थापना गर्ने उहाँले बताउनुभयो।

खेलकुद अब सोखको विषय मात्र नभएर पेसा र व्यवसाय नै भएको उहाँले बताउनु भयो । तर त्यो सोचका साथ देशका खेलकुदका संयन्त्रले काम गर्न नसकेका उहाँको भनाई छ।

वर्तमानको गठबन्धन सरकारले लोकतान्त्रिक मर्म अनुसार काम गर्न नसकेको निश्कर्ष पनि उहाँले सुनाउनु भयो । प्रधानमन्त्री, कांग्रेस सभापति र अर्थमन्त्रीको क्षेत्रमा मात्र बजेट बाँडेको भन्दै उहाँले कडा आलोचना गर्नुभयो। अहिलेको बजेट अविवेकी भएको पनि उहाँले बताउनुभयो । त्यसको नेकपा एमालेले मात्र होइन, सत्तारुढ दलकै सांसद र नेताहरूले विरोध जनाएको गुरुङले प्रष्ट पार्नुभयो । ‘गणतन्त्र आइसकेपछिको सबैभन्दा तुच्छ खालको बजेट यस पटक आएको छ’, उहाँले भन्नुभयो ।

सरकारले ल्याएको बजेटले गरिबी नियन्त्रणको विषयमा कुनै कुरा नबोलेको बताउनुभयो। गरिब, मजदुर, किसान, व्यवसायी कसैको पनि हितमा यो बजेट नरहेको उहाँले दाबी गर्नुभयो । यस पटकको बजेट केवल नेतामुखी भएको उहाँले बताउनुभयो । यो बजेट जनताको हितमा नभएको उहाँको भनाइ छ ।

Skip This