सङ्खुवासभा-सङ्खुवासभाको हेवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको पाँचखपन नगरपालिका ५ मा बाढीले बगाएर १६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
चैनपुर–४ पेङ्कोट र पाँचखपन–९ मा गएको पहिरोले खोला थुनिएको थियो । बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोमा क्षति पुर्याएको छ ।
उक्त परियोजनामा काम गर्ने १६ मजदुरहरू सम्पर्कविहीन रहेको जनाइएको छ । काम गर्ने १९ मजदुरमध्ये ३ जना सम्पर्कमा आएका प्रहरीले बताएको छ ।
गए रातिदेखि कोशी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ ।




प्रतिक्रिया