अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्ध प्रदेश निर्माणमा कोशी सरकार केन्द्रित छ: मुख्यमन्त्री कार्की

समृद्ध प्रदेश निर्माणमा कोशी सरकार केन्द्रित छ: मुख्यमन्त्री कार्की


काठमाडौं-नेकपा (एमाले) ले सातै प्रदेशका नेकपा (एमाले)बाट निर्वाचित प्रदेश सभासद्हरूसँग भर्चुअल बैठक सम्पन्न गरेको छ।

आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सरकारहरूद्वारा प्रदेशसभामा नीति, कार्यक्रम र बजेटका विषयमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सबै प्रदेश सभाका नेकपा (एमाले) संसदीय दलका नेताहरूको प्रस्तुति सुन्नु भएको थियो।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेशको बजेट समृद्ध प्रदेश निर्माण, दिगो विकास लक्ष्य हासिल गर्न र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्न सहयोग पुयाउने कुरामा केन्द्रित रहेको बताउनुभयो।

उहाँले बजेटमा कृषि क्षेत्रको आधुनिकीकरण र विकास पहिलो प्राथमिकतामा राखेको र आगामी आर्थिक वर्षको आर्थिक बृद्धिदर ५.७ प्रतिशत हासिल गर्ने प्रक्षेपण गरिएको जानकारी गराउनुभयो ।

भर्चुअल बैठकमा सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता राजेन्द्रसिंह रावल, कर्णाली प्रदेशका संसदीय दलका नेता यामलाल कँडेल, लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरी, गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपाली, बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवले प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटका बारेमा जानकारी गराउँदै धारणा राख्नुभएको थियो ।

Skip This