अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढी पहिरोमा फसेका पाँचथरका १२ जनाको उद्धार

बाढी पहिरोमा फसेका पाँचथरका १२ जनाको उद्धार


पाँचथर – पाँचथरमा दुई दिन देखि बाढीपहिरोमा फसेका १२ जनाको उद्धार गरिएको छ । याङबरक १ फेदी गाउँमा फसेका १२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
उदार गरिएकाहरुमा याङबरक १ का नरमाया गुरुङ, सन्दीप गुरुङ, हिमा गुरुङ, कृष्ण गुरुङ, जितमाया गुरुङ, काजी गुरुङ, सुनिता गुरुङ, मनकुमारी गुरुङ, सुष्मा गुरुङ पदमबहादुर गुरुङ र मनमाया खालिङ रहेका छन् ।
उनीहरुलाई फेदी गाउँबाट स्थानीय च्याङथापु बजारमा स्थानान्तरण गरिएको पाँचथरका प्रहरी प्रमुख डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।

यस्तै, हेंवा बाढीका कारण शनिबार मध्यरातदेखि हराइरहेकी हिलिहाङ गाउँपालिका ७ माझीटारकी एलिशा गुरुङको शव भेटिएको छ । उनको शव धनकुटाको ५ छथरजोरपाटीस्थित तमोर नदीको किनारमा फेला परेको हो ।

पाँचथरको बाढीपहिरोमा अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् ।