अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुसका पूर्वप्रधानमन्त्रीले भने–यो पुटिनको अन्त्यको सुरुवात हो

रुसका पूर्वप्रधानमन्त्रीले भने–यो पुटिनको अन्त्यको सुरुवात हो


मस्को–मिखाइल कास्यानोभ सन् २००० देखि २००४ सम्म रुसका प्रधानमन्त्री थिए। त्यो बेला पनि देशको कमाण्ड भ्लादिमिर पुटिनको हातमा थियो । तर उनले फेब्रुअरी २००४ मा मिखाइल कासियानोभको सरकारलाई बर्खास्त गरे। 

त्यसयता मिखाइल कासियानोभलाई राष्ट्रपति पुटिनका प्रमुख आलोचकहरूमा गनिन्छ। बीबीसीले कास्यानोभसँग वाग्नर समूहका मालिक येभजेनी प्रिगोजिनको अर्को कदमको बारेमा प्रश्न गरेको छ । यस प्रश्नको जवाफमा कासियानोभले भने, ‘उनी पहिले बेलारुस जान्छन्। तर मलाई लाग्छ कि उनी बेलारुसबाट अफ्रिका जानेछन् र हुनसक्छ कतै जङ्गलमा वा यस्तै स्थानमा हुनेछन्।’

तर, पछिल्लो दुई–तीन दिनमा रुसमा जे भएको छ, त्यस विषयमा कासियानोभले भने, ‘राष्ट्रपति पुटिनले यसका लागि उनलाई कहिल्यै माफ गर्ने छैनन् ।’ येभगेनी प्रिगोजिनले पुटिनको शक्तिलाई चुनौती दिएका छन् र अब उनको जीवनमा सधैँ ठूलो प्रश्न खडा हुने उनको भनाई छ । 

पुटिनका बारे मिखाइल कास्यानोभले भने, ‘यो उनको अन्त्यको सुरुवात हो… र उनी अहिले ठूलो समस्यामा छन्।’ कासियानोभलाई राष्ट्रपति बोरिस येल्तसिनको नजिक मानिन्छ।-एजेन्सी

Skip This