अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई अदालत लगिँदै

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई अदालत लगिँदै


काठमाडौं-ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतलाई हिरासतमा राख्ने अनुमति लिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेको छ।

मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका उनीहरुलाई हिरासतमा राख्ने अनुमति लिन बुधबार जिल्ला अदालतमा पेश गर्दैछ। त्यसको तयारी स्वरुप बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको हो । अब उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा लगिने प्रहरीले जनाएको छ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानको सिलसिलामा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम सीआईबीको हिरासतमा छन् ।