काठमाडौं-राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले सङ्घीय संसद सचिवालयमा सम्पत्ति विवरण बुझाउनुभएको छ।
उपाध्यक्ष अर्यालले आज (सोमबार) सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाउनु भएको हो।
उहाँले बुझाउनु भएको सम्पत्ति विवरणको दर्ता नं. १ रहेको छ । सम्पत्ति विवरण बुझाउनुका साथै उहाँले आफ्नो सम्पत्ति सार्वजनिक पनि गर्नुभएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) को प्रयोजनका लागि सार्वजनिक पदमा रहेका हरेक व्यक्तिले हरेक आर्थिक वर्षको व्यक्तिगत सम्पत्ति विवरण बुझाउनु पर्ने हुन्छ ।
यसैबीच सङ्घीय संसद सचिवालयले एक सूचना प्रकाशित गरी साउन १ गतेदेखि भदौ २८ गतेभित्र सम्पत्ति विवरण बुझाउन सङ्घीय संसदका दुवै सदनका सदस्यहरुलाई अनुरोध गरेको छ ।







प्रतिक्रिया