अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वीडेन–इराक तनाव : प्रदर्शनकारीले स्विडिस दूतावास जलाए 

स्वीडेन–इराक तनाव : प्रदर्शनकारीले स्विडिस दूतावास जलाए 


काठमाडौँ । इस्लाम धर्मावलम्बीको धार्मिक ग्रन्थ कुरानको अपमान गरेको विषयलाई लिएर इराक र स्विडेनबीच कूटनीतिक तनाव बढेको छ ।

स्विडेनको राजधानी स्टकहोममा कुरान जलाउने योजनाको विरोधमा इराकले बग्दादस्थित स्विडिस राजदूतलाई देश छाडन आदेश दिएको छ । इराकले आफ्ना कार्यवाहक राजदूतलाई पनि फिर्ता बोलाएको छ । उसले स्विडिस कम्पनीहरुसँगको व्यवसाय पनि निलम्बित गरेको छ । बिहीबार नै आक्रोशित प्रदर्शनकारीको भीडले बग्दादस्थित स्विडिस राजदूतावासमा दोस्रो पटक तोडफोड तथा आगजनी गरेको थियो ।

एक जना इराकी क्रिश्चियन शरणार्थीलाई स्विडिस प्रहरीले दोस्रो पटक स्टकहोममा कुरान जलाउन अनुमति दिएको विरोधमा प्रदर्शनकारी फेरि आन्दोलित हुन पुगेका हुन् । उता स्विडेनमा भने कुरान जलाउने अनुमति पाएको व्यक्ति सल्वान मोमिकाले स्टकहोमस्थित इराकी दूतावास अगाडि कुरानको अपमान गरेका छन् । यद्यपि उने कुरानलाई आगो भने नलगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गत महिना ती व्यक्तिले स्टकहोमको मुख्य मस्जिद अगाडी कुरानको एक प्रति जलाएका थिए ।

स्विडेन प्रहरीले सुरुमा मोमिकालाई कुरान जलाउने अनुमति दिन अस्वीकार गरेको थियो तर अभिव्यक्ति स्वतन्त्रता भन्दै अदालतले प्रहरीको प्रतिबन्धलाई उल्टाइदिएको थियो । मुस्लिम देशहरू इरान, टर्की, कतार, साउदी अरबलगायतका देशले कुरानविरुद्ध प्रदर्शनको अनुमति दिएको भन्दै स्विडेनको भर्त्सना गरेका छन् । अमेरिका, बेलायत र युरोपेली संघले बग्दादस्थित स्विडिस दूतावासमा भएको आक्रमणको भर्त्सना गरेका छन् ।

Skip This