अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्रिमियामा रहेको रुसी हतियार भण्डारमा ड्रोन आक्रमण

क्रिमियामा रहेको रुसी हतियार भण्डारमा ड्रोन आक्रमण


काठमाडौँ-रुसको कब्जामा रहेको क्रिमियाको एउटा हतियार भण्डारमा ड्रोन आक्रमण भएको छ । आक्रमणको पुष्टि गर्दै रुसी अधिकारीहरूले आक्रमण आसपासका पाँच किलोमिटर क्षेत्रमा रहेका नागरिकको उद्धार गरिएको बताएका छन् ।

क्रिमियाका गभर्नर सर्गेई अक्स्योनोभले उक्त आक्रमणको पछाडि युक्रेनको हात रहेको बताएका छन्, यद्यपि उनले यसको कुनै प्रमाण पेस भने गर्न सकेका छैनन् । आक्रमणमा हालसम्म मानवीय क्षति भएको पुष्टि भएको छैन । सर्गेई अक्स्योनोभले आफ्नो टेलिग्राम पोस्टमा भनेका छन्, ‘अहिलेसम्म कुनै पनि मानवीय वा सम्पत्तिको क्षतिको खबर छैन ।’

विस्फोटपछि केर्च ब्रिजमा रेल सेवा बन्द गरिएको उनले बताएका छन् । ठूलो संख्यामा मानिसलाई बाहिर निकाल्दा उक्त क्षेत्रको ट्राफिक व्यवस्था पनि अवरुद्ध भएको थियो । रूसी अधिकारीहरूले यसअघि शनिबार केर्च पुलमा यातायात बन्द गरेका थिए, तर पछि यसलाई सवारी अवागमनका लागि खोलिएको थियो । आक्रमण भएको ठाउँ यस पुलबाट करिब १६० किलोमिटर टाढा छ ।

यो पुललाई क्रिमिया ब्रिज पनि भनिन्छ । सन् २०१४ मा रुसले क्रिमिया कब्जा गरेको थियो । त्यसपछि, यो पुल क्रिमियामा यसको पहुँचलाई सहज बनाउन निर्माण गरिएको थियो, जुन २०१८ मा यातायात सञ्चालन गर्न खोलिएको थियो । उक्त पुल सञ्चालनमा आएसँगै दक्षिण युक्रेनमा रुसी सेना प्रवेशका लागि सहज भएको थियो । युक्रेनको सेनाले आक्रमणको जिम्मेवारी लिइसकेको छैन । तर उसले गोदाम र तेल भण्डारमा विस्फोट गरिएको भिडिओ भने पोस्ट गरेको छ ।

Skip This