अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतसँग मंगल र शुक्रग्रहमा पुग्ने सामर्थ्य छ’

भारतसँग मंगल र शुक्रग्रहमा पुग्ने सामर्थ्य छ’


नयाँदिल्ली–भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अध्यक्ष एस सोमनाथले चन्द्रमा, मंगल र शुक्र ग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताएका छन् । तिरुवनन्तपुरममा पत्रकारहरूसँग कुरा गर्दै उनले जुनसुकै ग्रहमा पुग्नसक्ने सामर्थ्य भारतको रहेको दाबी गरे ।

इसरोका वैज्ञानिकको आत्मविश्वास बढाउन आवश्यक भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेको लक्ष्य पूरा गर्न इसरो तयार रहेको बताए । ‘हामीलाई थप लगानीको खाँचो छ, अन्तरिक्ष क्षेत्रको विकास गर्नुपर्छ र यसबाट सिङ्गो राष्ट्रको विकास गर्नुपर्छ, त्यो हाम्रो लक्ष्य हो’, इसरोले चन्द्रयान–३ परियोजना पर्याप्त लगानीका बाबजुद सफलतापूर्वक सम्पन्न गरेको सुनाउँदै उनले भने ।

यसअघि शनिबार नै प्रधानमन्त्री नरेन्द्र मोदी बेङ्गलुरुको इसरो मुख्यालयमा पुग्दा उनलाई हार्दिक स्वागत गरिएको थियो । उनले तेस्रो चन्द्रयान टोलीमा संलग्न इसरोका महिला वैज्ञानिकका साथै अन्य वैज्ञानिकहरूको टोलीलाई भेटेर अबदेखि हरेक वर्ष अगस्ट २३ लाई राष्ट्रिय अन्तरिक्ष दिवसको रूपमा मनाइने घोषणा गरेका थिए । गत बुधबार साँझ चन्द्रमाको दक्षिण ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण भएको थियो । चद्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने भारत पहिलो देश बनेको छ ।-एजेन्सी

Skip This