अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षको सम्भावना

आजको मौसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षको सम्भावना


काठमाडौँ–हाल  मनसुनको  न्यून  चापीय  रेखा  सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ । साथै  नेपालमा  हाल  भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यून  चापीय  प्रणालीको  समेत  आंशिक  प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली भई एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ भने बाँकी प्रदेशहरूमा  आंशिकदेखि  सामान्य  बदली  रहनेछ ।  बागमती,  गण्डकी,  कर्णाली  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानहरूमा  चट्याङ्गसहित  हल्कादेखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ । सुदूरपश्चिम प्रदेशको  एक–दुई स्थानमा भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ।  

आज राति भने  लुम्बिनी,  गण्डकी  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरूमा  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानमा चट्याङ्गसहित  हल्का देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ । साथै लुम्बिनी र  सुदूरपश्चिम  प्रदेशको  एक–दुई स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको महाशाखाले जनाएको  छ।