काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाउनु नसुहाएको बताउनुभएको छ ।
नेपाली कांग्रेस कोशी प्रदेशसभा सदस्य खगेन सिङ हाङगामले नेपाल प्रहरीका डीएसपी राजन लिम्बुलाई दिएको चेतावनीको विरोध गर्दै सचिव भट्टराईले लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने जो कोहीले पनि त्यसको पालना गरेर र आचरणबाट आफूलाई प्रमाणित गर्नुपर्ने बताउनुभयो ।
‘लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने जो कोहीले पनि त्यसको पालना गरेर र आचरणबाट आफूलाई प्रमाणित गर्नु पर्दछ । त्यसमा पनि जनप्रतिनिधिहरूले कानुन कार्यान्वयन गर्ने अधिकारीले निष्पक्ष र पारदर्शी रुपमा काम गरे नगरेको मुल्याङ्कन गर्ने र उपयुक्त तरिका र ठाउँबाट निर्देशन दिने हो’, सचिव भट्टराईले आज सामाजिक सञ्जालमा लेख्नुभएको छ,’आफैँ कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाउनु सुहाउने कुरा होइन । लोकतान्त्रिक व्यवस्थामा कानुनको नजरमा सबै समान हुन्छन् । ताप्लेजुङ ?’




प्रतिक्रिया