हेटौंडा-नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सुन तस्करीमा बाग्मती प्रदेशका मन्त्रीको संलग्नता रहेको समाचार सार्वजनिक भएको भन्दै मन्त्री र प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
शनिबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै नेता थपलियाले सुन तस्करीमा प्रदेशका मन्त्रीको संलग्नता छ/छैन सम्बन्धित मन्त्री र सरकारले यसबारे सदनलाई जानकारी गराउनुपर्ने बताउनुभयो । उहाँले पदबाट बारिएर सम्बन्धित मन्त्रीले सहयोग गर्नुपर्ने समेत बताउनुभयो।
सुन तस्करीमा नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति समेत रहेका प्रदेशका खानेपानी तथा सिंचाइमन्त्री तीर्थ लामाको संलग्नता रहेको समाचार बाहिरिएको छ।
यसैगरी, नेता थपलियाले प्रदेश राजधानी हेटौंडामा डाक्टरहरुमाथि भएको कुटपिटको घटनामा संलग्नलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गरे । उनले यस घटनामा प्रदेश सरकार मौन बसेको भन्दै घटनामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गर्नुभयो ।
प्रतिक्रिया