काठमाडौं-सभामुख देवराज घिमिरेले दिवंगत संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना प्रकट गर्नुभएको छ।
घिमिरेले शनिबार दिउँसो बालुवाटारस्थित नेम्वाङ निवासमा पुगेर समवेदना प्रकट गर्नुभएको हो। उहाँले नेम्वाङका पुत्रद्वय मिङ्सो र सुहाङलाई भेटेर समवेदना प्रकट गर्नुभएको हो।
सभामुखले नेम्वाङका परिवारजनलाई आफ्नो र प्रतिनिधि सभाको तर्फबाट समवेदना पत्र हस्तान्तरण समेत गर्नुभयो।
संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङको भदौ २६ गते हृदयघातबाट निधन भएको थियो ।
सभामुखले नेम्वाङको तस्बिरमा माल्यार्पण गरेपछि त्यहाँ राखिएको शोक पुस्तिकामा लेख्नुभएको छ, ‘आदरणीय नेता, हामी सबैको प्रेरणा र आदर्श व्यक्तित्व, मेरो लामो समयदेखिको सहयात्री, इलामको उज्ज्वल तारा तपाईंको अधुरो योजनामा सबैले हिडेर साकार गर्ने प्रेरणा प्राप्त होस् भन्दै तपाईंप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दछु।’







प्रतिक्रिया