अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीजलाई लक्षित गर्दै पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध

तीजलाई लक्षित गर्दै पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध


काठमाडौँ-जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीजलाई लक्षित गर्दै आजदेखि पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गर्दै हिन्दु नारीहरूको महान चाड तीजको अवसरमा आजदेखि पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको जनाएको हो ।  

गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म मासु र मदिरा निषेध गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ ।

पशुपतिनाथ क्षेत्रभित्र सुरक्षा कायम गर्दै धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्ने उद्देश्यले यी वस्तु निषेध गर्नु परेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।