अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिर्तामोडमा प्रतिबन्धित ७० किलो माछा नष्ट

बिर्तामोडमा प्रतिबन्धित ७० किलो माछा नष्ट


बिर्तामोड-बिर्तामोड नगर प्रहरीले बरामद भएको मरेका माछा नष्ट गरेको छ। नगर प्रहरीको गस्ती टोलीले प्रतिवन्धित भारतीय मरेका ७० किलो माछा विर्ता बजारबाट बिहीबार बरामद गरेको थियो ।

रहु र ताम्पत जातका मरेका माछा स्थानीय व्यवसायी मदन माझी र दिलिप माझीले विक्री गर्दै गरेको अवस्थामा नगर प्रहरीले फेला पारेपछि नियन्त्रणमा लिएको जनाईएको छ।
उक्त माछा प्रक्रिया पुरा गरी आज खाल्डो खनेर पुरीएको नगर प्रहरीका सह कमाण्डर टंक प्रसाद तिम्सिनाले जानकारी दिनुभयो ।
बिर्तामोड नगरपालिका क्षेत्रभित्र मरेका अस्वस्थकर माछा विक्री-वितरण पुर्णरुपमा प्रतिवन्ध छ। चाडवाड नजिकिएसँगै लुकीछिपी अस्वस्थकर माछा विक्री वितरण हुनसक्ने भन्दै नगर प्रहरीले सक्रियता बढाएको छ। नगर प्रहरीले यस अघि पनि ठूलो परिमाणमा प्रतिवन्धित माछा नियन्त्रणमा लिएर नष्ट गरेको थिय ।

Skip This