अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गैरीगाउँ घटना: सीसीटीभीमा देखिएका व्यक्ति पक्राउ

गैरीगाउँ घटना: सीसीटीभीमा देखिएका व्यक्ति पक्राउ


काठमाडौं-गैरीगाउँमा चार जनाको सामूहिक हत्या गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले हत्याको मुख्य अभियुक्त हुन सक्ने आशंकामा आज उनलाई नियन्त्रणमा लिएको हो। यद्यपि, प्रहरीले पक्राउ पर्नेको नाम र घटनाको कारण सार्वजनिक गरेको छैन ।

तीनकुनेस्थित दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा एकैपरिवारका तीनसहित चार जनाको शव भेटिएको थियो । मारिनेमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा वाइवा र कुमारकी आमा ७५ वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई थिए ।

उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट थियो ।

हिजो प्रहरीले घटनाको बारेमा जानकारी गराउन ट्याक्सी चढेर गएका दीपेन्द्र राईलाई नै पक्राउ गरेर अनुसन्धान थालेको थियो। तर, घटना उनले नगराएको हुनसक्ने देखिएपछि आज दोस्रो व्यक्ति पक्राउ परेको प्रहरी स्रोतले बतायो।

पक्राउ परेका यी व्यक्ति घटनास्थलको सीसीटीभी फुटेजमा पहिचान भएका थिए। उनी रातिको समय घटनास्थलबाट भक्तपुरतर्फ लागेको दृश्य सीसीटीभी क्यामरामा कैद भएको छ।