अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मापदण्डविनाका एलपी ग्यास बिक्रीले जोखिम बढायो: योगेश भट्टराई

मापदण्डविनाका एलपी ग्यास बिक्रीले जोखिम बढायो: योगेश भट्टराई


काठमाडौं-नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले अनाधिकृत रुपले ५० देखि ४५० केजीसम्मका एलपी ग्यास बिक्रिवितरण भइरहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ।

आज आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समिति बैठकमा भट्टराईले सम्बन्धीत मन्त्रालय र आयल निगमसँग अनुमति नलिई केही कम्पनीहरुले बढी तौलका खाना पकाउने ग्यास बिक्रीबितरण गरिरहेको र यसले जोखिम उत्पन्न हुने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको हो ।

खाना पकाउने ग्यास १४ दशमलव २ किलो हुनुपर्ने मापदण्ड रहेकोमा बढी तौलको ग्यास बित्रीवितरणको विषयमा सरोकारवाला निकायसँग समितिले छलफल गर्नुपर्ने उहाँले बताउनु भयो ।

बढी तौलका ग्यास सिलिण्डरमा गुणस्तर चिह्न नभएको र १४ दशमलव २ किलोको सिलिण्डरको थिकनेस र ५० देखि ४५० केजीसम्मका ग्यास सिलिण्डरको थिकनेस एउटै रहेको भन्दै उहाँले यसले ठूलो दुर्घटना निम्त्याउन सक्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले ग्यासका कारण हुने दुर्घटनाको क्षतिपूर्ति पनि प्रभावकारी हुन नसकेको बताउनु भयो।

Skip This