अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने कुरा स्वीकार्य हुँदैन : सचिव भट्ट 

सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने कुरा स्वीकार्य हुँदैन : सचिव भट्ट 


काठमाडौँ–नेकपा एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले प्रदेशको राजधानी सार्ने कुरा स्वीकार्य नहुने बताउनुभएको छ । 

आज अत्तरियास्थित निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सचिव भट्टले राजधानी सार्ने कुरा  जनता विरोधी भएकाले स्वीकार्य नहुने बताउनुभएको हो । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले केही समयअघि राजधानी सार्न सकिने अभिव्यक्ति दिनुभएको थियो । त्यसको जवाफमा सचिव भट्टले मुख्यमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको टिप्पणी गर्नुभयो । 

उहाँले भन्नुभयो,‘मुख्यमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले दुई तिहाइ बहुमतले पारित गरेको गोदावरीमा प्रदेशको राजधानी बनाउने कुराको विकल्प खोज्ने कसरी भन्नुभयो । यो अचम्मको र गैरजिम्मेवार छ ।’ 

सचिव भट्टले जनता र जनघनत्व बढी  भएको क्षेत्रमा राजधानी बनाउने अभ्यास रहेको बताउनुभयो ।