अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन तस्करी प्रकरण: उच्चस्तरीय आयोग गठनबारे एमालेसँग छलफल हुँदै

सुन तस्करी प्रकरण: उच्चस्तरीय आयोग गठनबारे एमालेसँग छलफल हुँदै


काठमाडौं-सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने विषयमा सहमति जुटाउन सरकार र नेकपा एमालेका नेताहरुबीच फेरि छलफल हुँदै छ। नेकपा एमालेका सचेतक महेश बर्तौलाका अनुसार आइतबार दिउँसो २ बजे सरकार र एमालेबीच पुनः छलफल हुन लागेको हो।

उहाँले गृह मन्त्रालयमा उच्चस्तरीय आयोग गठन सम्बन्धमा सहमतिको लागि बैठक बस्न लागेको जानकारी दिनुभयो । यसअघि शुक्रबार दुईपटक बसेको बैठकमा आयोगको कार्यदेशबारे सत्ता र प्रतिपक्षबीच कुरा नमिल्दा असोज ५ गते गठन हुने भनिएको आयोग गठन हुन सकेको थिएन। 

६१ किलोसहित भेपमार्फत तस्करी भएको सुनको समेत सूक्ष्म छानविन गर्नेगरी आयोग गठन हुनुपर्ने एमालेको अडान छ। एमालेको यो अडानमा सरकार सहमत  नभएपछि आयोग गठन हुन सकेको छैन।