अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकारलाई विनापूर्जी पक्राउ गर्नु सर्वसत्तावादी अभ्यास हो: एमाले महासचिव पोखरेल

पत्रकारलाई विनापूर्जी पक्राउ गर्नु सर्वसत्तावादी अभ्यास हो: एमाले महासचिव पोखरेल


काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विनापूर्जी नागरिकलाई पक्राउ गर्नु सर्वसत्तावादी अभ्यास भएको टिप्पणी गरेका छन्। सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिइरहेको घटनाप्रति प्रतिक्रिया जनाउँदै महासचिव पोखरेलले यस्तो बताएका हुन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत राज्यका सबै अंगलाई त्रासमा राखेर नियन्त्रणमा लिन खोज्नु फासीवादको स्पष्ट संकेत भएको बताएका छन्।

महासचिव पोखरेलले विनापूर्जी पक्राउ गर्ने कार्यले नागरिकमा त्रास फैलाउने उल्लेख गर्दै राज्य सञ्चालनमा विधि, कानुनी प्रक्रिया र शक्ति पृथकीकरणको सिद्धान्तको पालना हुनुपर्नेमा जोड दिएका छन्। महासचिव पोखरेलले लेखेका छन्, ‘विनापूर्जी पक्राउ गर्नु नागरिकमाथि त्रास फैलाउने सर्वसत्तावादी अभ्यास हो। शक्ति पृथकीकरणको सिद्धान्तविपरीत राज्यका सबै अंगलाई त्रासमा राखेर नियन्त्रणमा लिन खोज्नु फासीवादको स्पष्ट संकेत हो।’

महासचिव पोखरेलले सामाजिक सञ्जालको लहरबाट उदाएको जनमतका आधारमा सत्तामा पुगेकाहरूले शासन सञ्चालनको शैलीलाई विधिसम्मत बनाउन नसके त्यही जनमत उल्टिन धेरै समय नलाग्ने चेतावनीसमेत दिएका छन्।

‘सामाजिक सञ्जालको लहरबाट उदाएको जनमतले शासकीय शैली विधिसम्मत बनाउन सकेन भने, त्यही जनमत उल्टिन समय लाग्दैन। समयमै सचेत हुनु राम्रो !’ महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्।