काठमाडौं-नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले कर्जा प्रवाह नगरेकाले अर्थतन्त्र चलायमान हुन नसकेको भन्न गलत भएको बताउनु भएको छ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले बैंकको कर्जा प्रवाहमै सबै कुरा जोड्न नहुने बताउनु भएको हो ।
गभर्नर अधिकारीले बैंकहरुको कर्जा प्रवाह मुलुकको जिडिपी भन्दा धेरै हुँदा पनि कर्जा प्रवाह नभएर अर्थतन्त्र चलायमान हुन नसकेको भन्ने गरिएको बताउनु भयो।
उहाँले बैंकहरुले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान हुन नसेको भन्नेकुरा गलत भएको बताउनु भयो। उहाँले अर्थतन्त्र चलायमान हुँदा मात्रै बैंकहरुले कर्जा दिने बताउनु भयो ।
‘विश्वका केन्द्रीय बैंकहरुले अर्थतन्त्रका विषयमा पोजिसन लिइरहेको देखिन्छ। स्वयत्तताको कुरा गरिरहेको पाउँछौं। त्यो केको लागि भन्दा म्यान्डेट पूरा गर्नको लागि हो,’ उहाँले भन्नुभयो, ‘मूल्यवृद्धि नियन्त्रणमा राष्ट्र बैंकको सीमा कति भन्ने कुरा आफ्नो ठाउँमा छ। मागबाट सिर्जना हुने मूल्यको सन्दर्भमा धेरै सीमाहरु हुँदा हुँदै पनि केन्द्रिय बैंकको भूमिका महत्वपूर्ण रहन्छ। नेपालको अर्थतन्त्रमा धेरै प्यारामिटरहरु चुनौती दिन्छन्।’
उहाँले बैंकहरुले कर्जा दिएर मात्रै अर्थतन्त्र चलायमान हुने भन्ने भ्रममा बस्न नहुने बताउनु भयो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने आर्थिक तथ्याङ्कहरु चुनौति दिने प्रचलन रहेको उहाँको भनाइ छ।




प्रतिक्रिया