काठमाडौं-सर्वोच्च अदालतले आमाको मात्र नाम राखेर नागरिकता दिन परमादेश जारी गरेको छ। बुवाको नाम नराखेर पनि नागरिकता दिन सकिने गरी सर्वोच्चले आदेश जारी गरेको हो।
सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासले गत साउन २३ गते गरेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक गरिएको हो।
आमासँग वंशजको नागरिकता रहेको र अस्पतालले दिएको जन्म प्रमाणपत्र पनि रहेको अवस्थामा बुवाको नाम आवश्यक नपर्ने सर्वोच्चको ठहर छ।
छोरीलाई पनि वंशजकै आधारमा नागरिकता दिन र आमाको स्थायी ठेगाना नै छोरीको पनि ठेगाना काम गर्न सर्वोच्चले भनेको छ।
प्रतिक्रिया