काठमाडौं-प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड;को विदेश भ्रमणको उपलब्धि उहाँकी छोरीलाई चिनाउने भन्दा बाहेक केही नभएको टिप्पणी गर्नुभएको छ।
प्रतिनिधिसभा बैठकपछि आइतबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सांसद सिंहले प्रधानमन्त्रीको भ्रमणबाट प्रधानमन्त्री प्रचण्डकी छोरीलाई चिनाउने बाहेक कुनै फाइदा नभएको टिप्पणी गर्नुभएको हो।
उहाँले विश्वको कुनै पनि देशको सरकार प्रमुख १० दिन विदेशमा गएर नबस्ने र प्रधानमन्त्री त्यतिका दिन विदेश बस्नुले नेपालमा प्रधानमन्त्रीको काम छैन भन्ने देखाएको बताउनुभयो । उहाँले व्यस्त प्रधानमन्त्री भएको भए १/२ दिनको मात्रै भ्रमण हुने बताउनु भयो ।
उहाँले भन्नुभयो‚ ‘दुनियाँको कुनै पनि सरकार प्रमुखले कुनै देशमा गएर १० दिन बस्छ या ७ दिन बस्छ ? यसको अर्थ नेपालमा प्रधानमन्त्रीको काम छैन भन्ने हो। प्रधानमन्त्री व्यस्त भएको भए १/२ दिनको भ्रमण हुन्छ। प्रधानमन्त्रीले के तीर्थयात्राका लागि गरेको हो भ्रमण ? तीर्थयात्राका लागि त धेरै नेपाली दाजुभाइ घुमिरहेका छन् नि ! त्यसको लागि प्रधानमन्त्रीको आवश्यकता हुँदैन। प्रधानमन्त्री हुनुको फाइदा आफ्नी छोरीलाई चिनाउन पाउनुभयो। त्यसबाहेक के फाइदा भयो ?’






प्रतिक्रिया