अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँका यी स्थानमा आज सवारी आवागमन प्रभावित हुने

काठमाडौँका यी स्थानमा आज सवारी आवागमन प्रभावित हुने


काठमाडौँ–काठमाडौँका केही स्थानमा आज पनि सवारी साधन आवागमन प्रभावित हुने भएको छ । इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने जनाइएको हो । 

काठमाडौँ महानगरपालिकाका अनुसार आज वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासीं,  इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा सवारी साधन चलाउन पाइने छैन । 

महानगरले सूचना जारी गर्दै काठमाडौँको वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्वको पर्व भएका कारण सवारी साधन प्रवेशमा रोक लगाइएको बताएको छ ।