अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय निजामती सेवा विधेयकको विरोधमा स्थानीय तहका कर्मचारी सडकमा

संघीय निजामती सेवा विधेयकको विरोधमा स्थानीय तहका कर्मचारी सडकमा


काठमाडौं-संघीय निजामती सेवा विधेयकमा आफ्ना माग सम्बोधन गर्न माग गर्दै स्थानीय तहका कर्मचारीले दबाबमूलक आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

काठमाडौंको माइतीघरमा धर्ना दिनेदेखि देशभरका सबै स्थानीय तहमा सेवा प्रवाह रोक्नेसम्मका कार्यक्रम स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले घोषणा गरेको छ।

स्थानीय तहका कर्मचारीले आज हातमा कालोपट्टी बाँधेर बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म माइतीघर मण्डलामा धर्ना दिने छन्।

माइतीघर मण्डलामा हुने धर्ना कार्यक्रममा सहभागी हुन संघर्ष समितिले देशभरका स्थानीय तहका कर्मचारीलाई काठमाडौं बोलाएको छ। त्यसैगरी भोलि मंगलबार देशभरीका स्थानीय तहमा हातमा कालोपट्टी बाँधेर काम गर्ने र भोलि नै सम्बन्धित निकायमा ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम पनि संघर्ष समितिले घोषणा गरेको छ।

असोज १७ गते बुधबार काठमाडौंमा वृहत् प्रदर्शन गर्ने, असोज १९ गते देशभरीका स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै सेवा रोक्ने र अनिश्चितकालीन पेन डाउन गरिने संघर्ष समितिले जनाएको छ ।

यसअघि शिक्षक र डाक्टरहरूले विभिन्न पेशागत तथा सुरक्षाको माग राख्दै सडक आएका थिए । सरकारले उनीहरूसँग सम्झौता गरिसकेको छ ।

Skip This