अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मौसम खराबीका कारण अध्यक्ष ओलीको पाेखरा जाने कार्यक्रम रद्द

मौसम खराबीका कारण अध्यक्ष ओलीको पाेखरा जाने कार्यक्रम रद्द


काठमाडौं-मौसम खराबीका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जान पाउनु भएन।

अध्यक्ष ओलीले आजदेखि पोखरा सुरू हुने एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । तर मौसम खुल्न नसक्दा अध्यक्ष ओलीले टिकट रद्द गर्नुभएको छ।

अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि टिकट रद्द गर्नुभएको छ।

पार्टीका महासचिव शंकर पोखरेल भने मौसम खुलेपछि केहीबेर अघि मात्रै पोखरा जानु भएको छ।