अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कर्णालीको अध्यक्षमा गुलावजंग शाहको जित पक्का

एमाले कर्णालीको अध्यक्षमा गुलावजंग शाहको जित पक्का


सुर्खेत-नेकपा एमाले कर्णालीको अध्यक्षमा गुलावजंग शाहको जित पक्का भएको छ।

सुर्खेतको वीरेन्द्रनगरस्थित सिटीहलमा जारी मतगणनामा ५ सय मतगणना हुँदा शाहले ३१० मत प्राप्त गरेका छन्। अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले भने १६४ मत प्राप्त गरेका छन्। यहाँ जम्मा ६ सय ९ मत खसेको थियो।

अब १०९ मत गणना हुन बाँकी छ। तर उहाँहरूबीचको मतान्तर १४६ मतको रहेको छ। गणना हुन बाँकीभन्दा बढी मतले शाहले अग्रता लिएसँगै उहाँको जित पक्का भएको हो। 

त्यस्तै, उपाध्यक्ष टेकराज पछाईले २८५ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार लालबहादुर महताराले १४३ मत प्राप्त गरेका छन्। उहाँहरूबीचको मतान्तर १४२ रहेको छ। 

सचिवमा ध्रुव शाहीले ३३९ र रूद्र शाहीले १३३ मत प्राप्त गरेका छन्। उहाँहरूबीचको मतान्तर २ सय ६ मतको रहेको छ।