अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पश्चिम नेपालमा भूकम्पको धक्का

पश्चिम नेपालमा भूकम्पको धक्का


सुर्खेत-पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो।

बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो। 

यस्तै ३ बजेर ५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।