रूपन्देही-रूपन्देहीको एमाले रोहिणी गाउँपालिका अध्यक्ष सुनिल कौशल पुनःएमालेमा नै फर्किनुभएको छ। उहाँ नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको २४ घण्टा नबित्दै एमालेमै फर्किनु भएको हो।
आइतबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग टीका लगाएर पार्टी प्रवेश गर्नुभएको थियो। नेकपा एसको अभियानमा उहाँसहित ६५ जना आफ्नो पार्टीमा आएको नेकपा एसले जनाएको थियो।
नेता कौशलले आफूसहितको टीम एमालेमै फर्केको कौशलले बताउनु भयो । उहाँले भन्नभयो, ‘धेरै सोचेर मूल पार्टीमै रहने निर्णय गरियो, हिजो गलत भएछ।’
पार्टीभित्रको आन्तरिक समस्याका कारण एमाले परित्यागको घोषणा गरेको भए पनि आफू साविककै पार्टी एमालेमा रहेको उहाँले बताउनु भयो ।
नेता कौशलले नेपाली जनताको आड भरोसाको पार्टी नेकपा एमाले भएको उल्लेख गर्दै आफू विचलित भएर गरेको एमाले परित्यागको निर्णयलाई पुनः सच्च्याएको विज्ञप्तिमार्फत् बताएका छन् ।





प्रतिक्रिया