अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालीलाई लिन गएको विमान इजरायल पुग्यो

नेपालीलाई लिन गएको विमान इजरायल पुग्यो


काठमाडौँ-द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपाली विद्यार्थीलाई लिन गएको नेपाल वायुसेवा निगमको विमान इजरायल पुगेको छ।

काठमाडौँबाट बिहीबार बिहान ४ बजे प्रस्थान गरेको विमान दुबईलाई ‘टान्जिट’ बनाएर इजरायल गएको हो। उक्त विमान नेपाली समयअनुसार करिब २ बजे इजरायलमा अवतरण गरेको छ।

इजरायलबाट नेपाल फर्किन चाहने २५० जना नेपाली नेपाल एयरलाइन्सको जहाज चढ्न अहिले त्यहाँस्थित तेलअभिभ एयरपोर्टमा भेला भएका छन्।

हमासको हमलामा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएपछि सरकारले त्यहाँ रहेका अन्य नेपालीको उद्धार गर्न लागेको हो।