अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा भोलि सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको प्रस्ताव

कोशीमा भोलि सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको प्रस्ताव


विराटनगर-कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरुको खनाखत गरेर मात्रै नियुक्त गर्ने प्रस्ताव राख्नुभएकाे छ।

शुक्रबार एमालेका ३९ र कांग्रेसका ८ सांसद आफूहरु शशरीर उपस्थित भएको भन्दै प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गर्नुपर्ने मागका साथ प्रदेश प्रमुखको कार्यालय पुग्नुभएको थियो ।

प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्की र समर्थन गरेको दल एमालेका दलका नेता हिक्मत कार्कीलाई भेटेर हस्ताक्षर सनाखत गरेर मात्रै नियुक्त गर्ने बताउनु भयो।

केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरुको सनाखतका लागि प्रदेश प्रमुखले भोलिसम्मको समय माग गर्नुभयो।

आजै कांग्रेसका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्न प्रदेश प्रमुखको कार्यकक्षमा पुगेका सांसदहरू र प्रदेश प्रमुख परशुराम खापुङबीच भएको छलफलमा प्रदेश प्रमुखले यस्तो प्रस्ताव गरेकाे एमाले सांसद रेवती भण्डारीले जानकारी दिनु भयाे।

तर सांसदहरुले भने प्रदेश प्रमुखको प्रस्तावको विरोध गरेका छन् । उनीहरुले सांसदहरुलाई दबाब दिन समय लम्ब्याइएको भन्दै आफूहरु प्रदेश प्रमुखकै कार्यालयमा धर्ना बस्ने जनाएका छन् । प्रदेश प्रमुखसँगको छलफलमा एमाले नेता हिक्मत कार्की र मुख्यमन्त्रीमा प्रस्तावित केदार कार्की सहभागी थिए भने अन्य सांसदहरू हलमा कुरेर बसेका थिए । 

मुख्यमन्त्रीमा दोहोरो दावी परेपछि प्रदेश प्रमुख खापुङ मुख्यमन्त्री नियुक्त गर्न अलमलमा परेका छन् । कार्की र कांग्रेसको संस्थपन पक्षको समर्थनमा  माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री नियुक्त गर्न माग दावी पेश गरेकाले प्रदेश प्रमुख निर्णय गर्न अलमलमा परेका हुन् ।