अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुल्चोकस्थित मन्त्री क्वार्टरमा अब सर्वोच्चका न्यायाधीश बस्नुहुन्छ: न्यायाधीश मल्ल

पुल्चोकस्थित मन्त्री क्वार्टरमा अब सर्वोच्चका न्यायाधीश बस्नुहुन्छ: न्यायाधीश मल्ल


काठमाडौँ-पुल्चोकस्थित मन्त्री क्वार्टरमा अब छिट्टै  सर्वोच्च अदालतका न्यायाधीशहरू बस्ने भएका छन्। सर्वोच्चको काम कारबाहीलाई चुस्तता दिन र फैसला लेखन लगायतका काम छिटो गर्नका लागि न्यायाधीशलाई क्वार्टरमा राख्न लागिएको हो। 

सर्वोच्च अदालतका न्यायाधीश एवम् भौतिक समितिका संयोजक सपना प्रधान मल्लले पुल्चोकस्थित मन्त्री क्वार्टरमा अब छिट्टै सर्वोच्च अदालतका न्यायाधीशहरू बस्ने बताउनु भएको हाे ।

आइतबार उच्च अदालत पाटनको नवनिर्मित भवन उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश मल्लले न्याय सम्पादनमा थप सहजता ल्याउनका लागि हालको मन्त्री क्वार्टरलाई अब सर्वोच्च अदालतका न्यायाधीशको क्वार्टर बनाउन लागिएको बताउनु भयो।

न्यायाधीश मल्लले तिहारपछि नेपाल सरकारका मन्त्रीहरू भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा सर्ने र त्यसपछि केही समय त्यसको मर्मत सम्भार गरेपछि चाँडोमा फागुन र ढिलोमा वैशाख महिनामा सर्वोच्च अदालतका न्यायाधीशका लागि क्वार्टर बन्ने बताउनु भयो।

अनौपचारिक कुराकानीका क्रममा न्यायाधीश मल्लले पुल्चोकस्थित हालको मन्त्री क्वार्टरलाई सर्वोच्च अदालतका न्यायाधीशको क्वार्टर बनाएपछि न्यायाधीशले पाउँदै आएको घरभाडा नपाउने र सबै न्यायाधीशहरू एकै स्थानमा भएपछि फैसला लेखन, बैठक लगायतमा सहजता हुने बताउनु भयो।

न्यायाधीश मल्लले न्यायिक स्वतन्त्रता कायम भए न्यायपालिकाले राम्रोसँग काम गर्न सक्ने बताउनु भयो । न्यायिक स्वतन्त्रता भनेको न्यायाधीशको स्वतन्त्रता नभएको प्रष्टीकरण दिँदै सेवाग्राही र सम्पूर्णको स्वतन्त्रताका लागि न्यायिक स्वतन्त्रता आवश्यक भएको बताउनु भयो।

Skip This