अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई युवाको मृत्यु

झापामा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई युवाको मृत्यु


झापा-झापाको अर्जुनधारा नगरपालिका-३ खुदुनाबारीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेका अनुसार  मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक अर्जुनधारा-२ गाजाबारीका ३५ वर्षीय याम भट्टराई र स्कुटरको पछाडी सवार सोही ठाउँका ३६ वर्षीय रोशन लुंगलीको मृत्यु भएको हो।

भट्टराईको घटनास्थलमै र लुंगेलीको उपचारको क्रममा विर्तामोडस्थित बिएन्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले मिनी ट्रकका चालक अर्जुनधारा–२ का २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ। रासस

Skip This