अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज पनि दसैंको टीका र जमरा लगाइँदै

आज पनि दसैंको टीका र जमरा लगाइँदै


काठमाडौँ-दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ। नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।

नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैं पर्व भव्यरूपमा मनाउँछन् ।

हिजो मंगलबार शुभ साइतमा टीका थाप्न नपाएकाहरूले आज पनि आफन्तकहाँ गएर दसैंको टीका, जमरा र आर्शिवाद लिने गर्दछन् । टाढाटाढा जानु पर्ने र माइत,ससुराल तथा मावली टाढा हुनेहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ । 

नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ । अरु भू–भागमा भने दशमीदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन छ।

विजयादशमीको भोलिपल्ट पर्ने अर्थात आज पापाङ्कुशा एकादशी पनि रहेको छ। यस एकादशीका दिन व्रत बस्नाले र भगवान् विष्णुको उपाशना गर्नाले मोक्ष प्राप्ति हुने विश्वास छ। साथै पापमा अंकुश लाग्ने जनविश्वास पनि छ।

आजका दिन काठमाडौंको बूढानीलकण्ठ, भक्तपुरको चाँगुनारायणमा भगवान विष्णुका मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्छ।

Skip This