अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा अध्यक्ष लिङ्देन आज अमेरिका जाँदै

राप्रपा अध्यक्ष लिङ्देन आज अमेरिका जाँदै


काठमाडौँ-राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आज साँझ अमेरिका भ्रमणमा जाने भएका छन्। अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको निमन्त्रणामा अमेरिका जान लागेका हुन्। 

अमेरिकाको विभिन्न राज्यमा हुने भ्रमणको क्रममा अध्यक्ष लिङ्देनले टेक्सासको ड्यालसमा हुने पानस अमेरिकाको तेश्रो राष्ट्रिय अधिवेशनको समुदघाटन र सम्बोधन गर्नुहुने कार्यक्रम रहेको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

अमेरिकामा रहँदा अध्यक्ष लिङ्देन अक्टोबर २८ का दिन मोमो महोत्सव (फेस्टिभल)मा प्रमुख आतिथ्य ग्रहण एवं नेपालीहरूसँग भेटघाट एवं अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । अक्टोबर २९ का दिन ड्यालसको करि लिफ वैङ्कटमा हुने पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नेछन् ।

त्यस्तै अक्टोबर ३० का दिन साँझ केन्टकीका नेपाली समुदायसँग साक्षात्कार गर्नेछन् । अध्यक्ष लिङ्देन अक्टोबर ३१ का दिन ओहायोमा विश्व भुटानी संगठनद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा सहभागी हुनेछन्। कार्यक्रम तालिका अनुसार उहाँले नोभेम्बर २ का दिन वाशिंगटनस्थित नेपाली दूतावासको भ्रमण तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ ।

Skip This